Contact: 977- 6610026|Email: nwpp@ntc.net.np
वरिष्ठ राजनीतिज्ञ एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको साहित्यिक नाम हरिबहादुर श्रेष्ठ हो । उहाँका दर्जनौँ साहित्यिक एवम् वैचारिक कृतिहरू प्रकाशित छन् । स्रस्टा समाज नेपालद्वारा प्रकाशित ‘समाज विकासको एक झलक’ मानव समाजको विकासक्रमबारे जानकारी दिने मौलिक कृति हो । सन् १९७० को दशकमा भारत प्रवासमा रहँदा किसान कार्यकर्तालगायत सर्वसाधारण जनतालाई राजनीतिक र वैचारिक कक्षा सञ्चालनको निम्ति तयार पारिएको अध्ययनको टिपोटबाट तयार गरिएको पुस्तक ‘समाज विकासको एक झलक’ हो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) का ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक लगायत अन्य सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ता सड्ढलन ‘समय र विचार’ पार्टीको सातौ“ महाधिवेशनको अवसर पारी २०७६ असोजमा प्रकाशित गरिएको थियो । अहिले पार्टीको आठौ“ महाधिवेशनको सङ्घारमा का. रोहितका सड्ढलित अन्तर्वार्ता ‘समय र विचार’ भाग–२ प्रकाशित गरिएको छ । यस सड्ढलनमा पार्टीको ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र जनवर्गीय एवम् पेशागत समाजलगायतका प्रकाशन तथा अन्य सञ्चारमाध्यममा का. रोहितले व्यक्त गर्नुभएका विचार सङ्ग्रहित छन् ।